• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०४:०२

युट्युबमा ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल’ (भिडियोसहित)

काठमाडौं, साउन २८ – पछिल्लो समय संगीतकार अर्जुन पोखरेल एकपछी अर्को गीतमा सफल हुँदै गएका छन् । यिनै अर्जुनले संगीत तथा शब्द भरेको गीत ‘तिमी रोएको पल’ लाई पनि दर्शकले मन पराएका छन् ।

फिल्म ‘ऐश्वर्य’ मा समावेश यस गीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् । मुस्ताङको रमणीय दृश्यमा छायाँकन गरिएको यस गीतलाई यो समाचार तयार पार्दासम्म भिडियो साइट युट्युबमा ४ लाख ३१ हजार पटकभन्दा बढी हेरिएको छ । भिडियो अपलोड गरिएको २४ घण्टा नपुग्दै फिल्म ‘ऐश्वर्य’ मा समावेश यस गीतलाई दिएको दर्शकको मायाले निर्माता रमेश उप्रेती दंग छन् ।

मुस्ताङको रमणीय दृश्यमा छायाँकन गरिएको यस गीतमा तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । सुदीप बरालले खिचेको यस गीतमा फिल्मको जोडी रमेश उप्रेती र दीपिका प्रसाईं देखिएका छन् ।

‘हामीले गरेको मेहनत सफल भएको छ’ रमेशले भने ‘मुस्ताङमा गरिएको दुःखलाई पर्दामा हेर्दा बजाइएको तालीले बिर्साइसकेको छ ।’ फिल्मका निर्देशक दिवाकर भट्टराई पनि निकै खुशी छन् । ‘मैले सोचेको भन्दा राम्रो रेस्पोन्स आयो’ दिवाकर भन्छन ‘अब झनै च्यालेन्ज बढेको छ ।’ गीतमा रमेशको जोडी बनेकी छिन दीपिका प्रसाईं । डेब्यु गर्ल दीपिकाले पनि पहिलो गीतबाट नै आफूलाई स्थापित गरेकी छिन् । 

फिल्ममा उनी सुपर मोडलको रुपमा छिन् । फिल्ममा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेका छन् भने निर्मल शर्मा सह–निर्माता रहेका छन् । फिल्मको सम्पादन दिर्घ खड्का , संगीत अर्जुन पोखरेल र बिराज गौतम , कलर राजेन्द्र मोक्तान , द्वन्द हिमाल केसीले गरेका छन् । फिल्ममा रमेश र दीपिकासँगै केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन , अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ ।

फिल्म आउँदो कार्तिक २ मा रिलिज हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सेलिब्रेटी आमाको पछि लाग्ने चर्चित नेपाली कलाकार

काठमाडौं, साउन २८ – लोक गायिका मन्जु पौड्यालकी छोरी स्नेहा पौड्याल यतिबेला वेव सिरिज ‘हाम्रो हाईस्कुल’ का कारण चर्चामा छिन् । केही म्युजिक

‘खरेल’ निखिल र ‘थारु’ सौगातको पावरफुल ‘संरक्षण’

आजबाट सोलो रिलिज भएको नेपाली चलचित्र ‘संरक्षण’ले पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाण्डौमा आयोजित प्रेस शोमा पुगेका अधिकांश

पत्रकार गिरिजा अधिकारीको नयाँ गीत बजारमा

२८ साउन, हेटौंडा । मकवानपुरे पत्रकार गिरिजा अधिकारीको नयाँ गीत बजारमा आएको छ । गायक रामचन्द्र काफ्लेको आवाज रहेको ‘धरोधर्म म तिमीलाई मन