• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०४:०४

बलिउडमा तीन जना खान मात्रै छैनन् : आमिर खान

 

०६ भदौ/रेडियो मुगु एफ एम (गमगढी):  अभिनेता तथा निर्माता आमिर खानले बलिउडमा तीन जना खानको मात्रै चर्चा हुनु अरु प्रतिभाशाली कलाकारमाथि अन्याय हुने बताएका छन् । उनले बलिउडमा अन्य प्रतिभाशाली कलाकारको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । 

 

सोमबार आफ्नो आगामी चलचित्र ‘सिक्रेट सुपरस्टार’ को गीत सार्वजनिक गर्दै खानले हिन्दी चलचित्र उद्योगलाई यहाँसम्म पुर्‍याउन सबैको योगदान रहेको बताएका हुन् । 

शाहरुख खान, सलमान खान र आमिर खानका फिल्मले रिलिज भएको तीन चार दिनमा १ सय करोड कमाउने गर्दथ्यो । तर सलमानको ‘ट्युबलाइट’ र शाहरुखको ‘जब ह्यारी मेट सेजल’ लाई भने त्यो भाग्य जुरेन । आमिर खानले अहिलेका दर्शकले स्टारलाई भन्दा पनि चलचित्रको विषयवस्तुलाई रोज्ने गरेको बताए । उनले स्टारका नामले चलचित्र चल्ने दिन अब नभएको पनि बताए । 

 

आमिरले सबैको जीवनमा उतार चढाव आउने भन्दै आफूहरु त्यसको अपवाद हुन नसक्ने बताए । उनले भने, ‘बलिउडमा त्यस्ता धेरै प्रतिभाशाली कलाकार छन्, जसलाई धेरैले पछ्याइरहेका हुन्छन् । अक्षय कुमारको नयाँ चलचित्र ट्वाइलेट : एक प्रेम कथालाई सबैले मन पराए ।’ अमिर नयाँ चलचित्र ‘सिक्रेट सुपरस्टार’ अगस्टमा रिलिज गर्ने तयारीमा छन् । 

प्रतिकृया दिनुहोस

सेलिब्रेटी आमाको पछि लाग्ने चर्चित नेपाली कलाकार

काठमाडौं, साउन २८ – लोक गायिका मन्जु पौड्यालकी छोरी स्नेहा पौड्याल यतिबेला वेव सिरिज ‘हाम्रो हाईस्कुल’ का कारण चर्चामा छिन् । केही म्युजिक

युट्युबमा ‘ऐश्वर्य’ को ‘तिमी रोएको पल’ (भिडियोसहित)

काठमाडौं, साउन २८ – पछिल्लो समय संगीतकार अर्जुन पोखरेल एकपछी अर्को गीतमा सफल हुँदै गएका छन् । यिनै अर्जुनले संगीत तथा शब्द भरेको गीत ‘तिमी रोएको

‘खरेल’ निखिल र ‘थारु’ सौगातको पावरफुल ‘संरक्षण’

आजबाट सोलो रिलिज भएको नेपाली चलचित्र ‘संरक्षण’ले पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाण्डौमा आयोजित प्रेस शोमा पुगेका अधिकांश