• बुधबार १-१२-२०७५/ Wednesday 25-04-18
  • ०८:२१

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै, कृष्ण मन्दिर दशनार्थीको घुइँचो

 

३० साउन/रेडियो मुगु एफ एम (गमगढी): भाद्र कृष्ण अष्टमीका दिनमा हरेक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । 

 

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

 

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ ।

 

कौरव र पाण्डवका बिचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आउनुभएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । 

 

आजको दिन पाटनको मंगलबजारमा रहेको प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । 

प्रतिकृया दिनुहोस

बाढी पहिरोबाट कसरी बच्ने ?

बिनोद पराजुली – बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ

मुक्तकः रारा 

  एक दिन दिल खोलेर मनको कुरा भन्छु है रारा ।। सायद यो तीजमा तिम्रै साथि पुरा बन्छु है रारा ।। हल्का नसामा झुमाउछु र कर्णाली घुमाउँछु हेर, तिमिले दिएका

कुन कुन नदीमा बाढीको सम्भावना ?

०६ भदौ/रेडियो मुगु एफ एम (गमगढी): नदी तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गरेको छ । बुधबार देशका