• सोमबार ३-३२-२०७५/ Monday 16-07-18
  • ०४:५३

ताजा खबर

मुगुमा चालु आर्थिक बर्षमा स्याउको उत्पादन बढ्ने 

 

सुमन मल्ल 
२८ साउन/गमगढीः
आर्थिक वर्ष २०७३/०७४ भन्दा २०७४/०७५ मा मुगु जिल्लामा स्याउको उत्पादन बढ्ने देखिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । अघिल्लो वर्ष ९ मेट्रिक टन स्याउ उत्पादन भए पनि ४ मेट्रिक टन मात्र निर्यात भएको कार्यालयले जनाएको छ । समयमा विरुवा काँट छाँट, मलजलको पर्याप्त व्यवस्था गर्न सके हरेक वर्ष स्याउको उतपादन प्रशस्त हुने भए पनि स्याउ कृषकले समयमानै होस नराख्दा जिल्लामा एक वर्ष स्याउ फल्ने एक वर्ष नफल्ने गरेको कार्यालयको भनाई रहेको छ ।

 

कार्यालयले सुरक्षित रुपमा स्याउ नेपालगञ्ज, सुर्खेत र काठमाण्डौ सम्म लैजान कार्टुन उपलब्ध गराउदै आएको छ । गत वर्ष स्याउ कृषकलाई तिन हजार कार्टुन वितरण गर्ने कार्यालयले लक्ष्य लिए पनि एघार सय कार्टुन मात्र वितरण गरेको थियो । अघिल्लो वर्ष लामो खडेरी र असिना पानीका कारण स्याउ उत्पादन कमि भए पनि यो वर्ष समयमा हिमपात सहित वर्षा पनि नियमित भईरहेकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष स्याउको उत्पादन साठी प्रतिशतले बृद्धि हुने कार्यालयको अनुमान समेत रहेको छ ।

 

यो वर्ष स्याउको उत्पादनमा बृद्धि भई २८ मेट्रिक टनसम्म पुग्ने र कार्यालयले व्यवस्थित रुपमा स्याउ जिल्ला बाहिर निर्यात गर्न स्याउ कृषकका लागि पाँच हजार कार्टुन वितरण गर्ने तयारी गरेको जिल्ला कृषि विकास कार्यालय बागवानी शाखा प्मुख तेजविक्रम मल्लले जानकारी दिनुभयो । अघिल्लो वर्ष जिल्ला भर उत्पादन भएको ९ मेट्रिक टन स्याउ मध्य ४ मेट्रिक टन स्याउ मात्र जिल्ला बाहिर गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत