• शनिबार ८-२९-२०७५/ Saturday 15-12-18
  • ०३:१४

ताजा खबर

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

 

श्याम बिसी 
२८ साउन/रेडियो मुगु (गमगढी): 
साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत लापा कार्यक्रमबाट छायानाथ रारा नगरपालिका वडा नम्बर १३ मा सञ्चालित खानेपानीको योजनामा काम गरेका कामदारले अझै सम्म ज्याला पाउन सकेका छैनन ।

 

लापा कार्यक्रम अन्र्तगत रुगा गाउँमा तिन लाख बराबरको खानेपानी आयोजनाका काम सम्पन्न भए पनि कामदारले अझै सम्म ज्याला पाउन नसकेको स्थानीयवाासी गारा थापाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷०७४ मा लापाद्धारा सञ्चालन भएको कार्यक्रमको तिन लाख रकमको खानेपानी आयोजनामा मजदुरी गरेका कामदारले ज्याला नपाए पछि कार्यालय पुगे पनि रकम उपभोक्ता समितिको खातामा पठाईएको जानकारी कार्यालयले दिएको गुनासो उनिहरुको रहेको छ ।

 

गएको आर्थिक वर्षमा रुगा गाउँमा सञ्चालन गरिएको योजनाका लागि तिन लाख रकम विल भरपाई अनुसार भुक्तानी दिएको जिल्ला जलवायु अनुकुलन कार्यक्रमले जानकारी दिएको छ । तर कार्यालयले योजनाको रकम उपभोक्ता समितिको खातामा पठाए पनि मजदुरले ज्याला भने पाउन सकेका छैनन ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

मुगुमा चालु आर्थिक बर्षमा स्याउको उत्पादन बढ्ने 

  सुमन मल्ल  २८ साउन/गमगढीः आर्थिक वर्ष २०७३/०७४ भन्दा २०७४/०७५ मा मुगु जिल्लामा स्याउको उत्पादन बढ्ने देखिएको जिल्ला कृषि विकास कार्यालयले