• बुधबार ६-३१-२०७५/ Wednesday 17-10-18
  • ०२:१०

ताजा खबर

मुल्य वृद्धिको बिरोध गदै नेविसंघ मुगुद्धारा प्रधानमन्त्री को पुल्ता दहन

जेठ २८ रेडियो मुगु गमगढी
सरकारले गरेको मुल्य वृद्धिको विरोध गर्दै मुगु सहित दशैभरी नेपाल बिद्याथी संघले बिभिन्न किसिमका विरोध सभामा कार्यक्रम गदै आएको छ ।

शनिबार बाट बिरोध सभा गदै आएको नेविसंघ मुगुले आज तेस्रो दिन प्रधानमन्त्री के पि शर्मा वलीको पुल्ता दहन गरेको छ ।  मुल्य वृद्धिको विरोध गरी शनिबार सिटि जुलुश, आईतबार मशाल जुलुश गरेको नेविसंघ मुगुले आज तेस्रो दिन प्रधानमन्त्रि केपि शर्मा वलीको पुल्लता गरेको हो ।

पुल्लता दहन कार्यक्रमा प्रहरी र नेबिसंघका कार्यकता बिच सामान्य झडप भएको थियो । सरकारले सार्वजनिक गरेको बजेट तथा निती कार्यक्रमपछि पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको भन्दै नेपाल बिद्यार्थी संघ मुगुले बिरोध स्वरुप बिभिन्न कार्यक्रम गदै आएको नेपाल बिदार्थी संघ मुगुका अध्यक्ष धर्मराज शाहीले बताउनुभयो ।

उहाँका अनुसार नेविसंघ केन्द्रिय कार्यलयको निद्रेशन अनुरुप  मुगु नेविसंघले बिरोध सभाका कार्यक्रम गदै आएको र माग सम्बोधन नभए कडारुपमा प्रस्तुतभई  थप आन्दोलनका कार्यक्रम गरीने उहाँको भनाई छ ।

 सरकारले अहिले गरेको मुल्यवृद्धि जन्ताको ढाड सक्ने गरी वृद्धिभएको भन्दै नेविसंघका उपाअध्यक्ष दिपक रावलले सरकारले मुल्यवृद्धि फिर्ता नलिए सरकारलाई सडक मार्फतनै घुडाँ टेकाउने बताउनुभयो ।

मुगु सदरमुकाम गमगढीको महाकाली मावि बाट निकालिएको जुलुस सदरमुकाम परिक्रमा गरी कृष्ण चोकमा प्रधानमन्त्रिको पुल्ता दहन गरीएको थियो । जुलुस सदरमुकामको परिक्रमा सगैँ कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै नेबिसंघ मुगुका  सचिव लगायत  नन्द बहदुर मल्ल नेविसंद्धका केन्द्रिय सदस्य लोकेन्द्र शाहि लयगतले सम्बोधन गरेका थिय ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत