• सोमबार ३-३२-२०७५/ Monday 16-07-18
  • ०४:५५

ताजा खबर

विकासे योजनाको काममा खबरदारी गर्दै स्थानीय



नन्द बहादुर रोकाया


,मुगु २७ बैशाख  मुगुमा विकासे योजनाको काममा खबरदारी गर्न त्यहाँका स्थानीयवासी जुटेका छन्। छायाँनाथ रारा नगरपालिका वडा नं १०,११ १२ अर्थात साविकको रोवा गाविसका स्थानीयवासी आफनो वडामा आएको योजनालाई पारदर्शी बनाउनको लागि खबरदारी गर्न जुटेका हुन्।

विगतका बर्षमा गाउँमा योजना आउँदा  दुई चार जना टाठाबाठाको मिलोमत्तोमा काम नै नगरी योजनाको रकम खाने प्रचलन भएकाले त्यस्तो हुन नदिन आफुहरुले खबरदारीमा गर्न जुटेको स्थानीयहरुको भनाई छ ।

३ बर्ष देखि पुन निमार्ण तथा अनुसन्धान विकास केन्द्र ९ आरआरडीसी० मुगुद्धारा सञ्चालीत कर्णाली क्षेत्रमा मैनता तोडौँ शुसानका तथा परिवर्तनका

लागि आवाज उठाउ ९जीजीसी० परियोजना लागु भएको र स्थानीय लाई शुसान, पारदर्शिता तथा जवाफदेहिता सम्बन्धि जानकारी गराए संगै छायाँनाथ रारा नगरपालीका साविकको रोवा गाविसका स्थानीय बाठा टाठा भईे योजनाको काम बिकासे बजेट लाई पारदशिता बनाउन खबरदारि गदै आएको छायाँनाथ रारा नगरपालीका वडा नं १२ का स्थानीय नैेला सिहं विकले बताए ।

उनले भने ‘केहि पहिलेका बर्षहरुमा गाउँमा थुप्रै बजेट आउने र मिलोमत्तोमा खाने प्रचलन रहेको थियो।’ तर आफनो वडामा ९जीजीसी ० परियोजना लागु भए सँगै सुशासन, पारदर्शिता तथा जवाफदेहिता का बारैमा सम्झाई बुझाई गराए संगै हामी वकालत गदै आएको विकले बताए ।

गाउँमा आउने विकासे रकम, योजनालाई पारदर्शी बनाउनु पर्ने भष्टाचार भएको भए कानुनी दायरामा ल्याउनु पर्ने मान्यताका साथ खबरदारी गर्दै आएको उनको भनाई छ ।

शुसान के हो स्थानीयलाई थाहा नै थियन । बिस्तारै ९जीजीसी० परियोजनाले नागरिक शिक्षा, सुशासनका बारेमा तालिम दिए संगै आफुहरुले सुशासनका बारेमा जानकारी पाएको स्थानीय महिला सृजना बढुवालले बताइन ।

स्थानीय निकायमा आउने महिलाको क्षेत्रमा खर्च गरिने रकम, दलित क्षेत्रमा खर्च गरिने रकम, अपाङ्गको क्षेत्रमा खर्च गरिने रकम, वृद्ध भत्ता,बाल भत्ताका बारेमा जानकारी भएपछि कसरी र कुन क्षेत्रमा खर्च गरिरहेका छन् भन्ने पनि थाहा नभएको र तालिम पश्चात जानाकरी पाए सँगै हरेक पाला पाइला त्रुटी भएको खण्डमा खबरदारी गर्ने गरेको उनले बताईन ।

जीजीसी परियोजना लागुभएका जिल्लाका साविकका रोवा ,पिना,माग्री र जिमाका स्थानीयले सुशासनका बारेमा जानकारी पाई विकासे योजनाकोप्रभावकारी कार्यन्वयन गराउन खबरदारी गर्न जुटेका हुन्।

 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत