• सोमबार ६-८-२०७५/ Monday 24-09-18
  • ११:१८

ताजा खबर

कर्णालीमा हिरा छ कालीगढ छैनन् ः मन्त्री भण्डारी 

 नन्द बहादुर रोकाया  

चैत २१  रेडियो मुगु गमगमढी मुगकर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारले कर्णाली प्रदेशमा हिरा भएकोे तर कालीगढ नभएकाले समस्या भएको बताउनुभएको छ ।

 

रारा कर्णाली पर्यटन वर्ष २०७५को तयारीका लागि रारा पुग्नुभएका मन्त्री भण्डारीले राराताल जस्ता धेरै हिरा कर्णाली प्रदेशमा रहेका तर संरक्षण प्रचार प्रसार गर्नको लागि कालीगढ नभएकाले ओझेलमा परेका बताउनुभयो ।

 

मन्त्री रारा महोत्सव मात्र नभई रारा कर्णाली पर्यटन वर्ष २०७५को शुभारम्भ रारा तालबाट गरिने र यो पर्यटन वर्ष २०७५ सालभरी नै विभिन्न कार्यक्रम गरी मनाईने जानकारी समेत गराउनुभयो ।

 

मुगुवासीले पर्यटन वर्षमा स्थानीय उत्पादनलाई कोसेलीको रुपमा पर्यटकलाई उपलब्ध गराउनु पर्ने कृषि तथा शहकारी मन्त्री विमला केसीले बताउनुभयो । वन तथा पर्यटन उद्योग मन्त्री नन्दसिंह बुढाले कर्णालीको गरिबी र भोकमरीलाई न्यूनीकरण गर्न र

 

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आयश्रोत वृद्धि गर्न प्रदेश सरकारले २०७५ साल भरि रारामा पर्यटन वर्ष मनाउने निर्णय गरेको बताउनुभयो । रारा–कर्णाली पर्यटन वर्षमा कम्तीमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु