• सोमबार २-७-२०७५/ Monday 21-05-18
  • ०६:५४

ताजा खबर

खत्याड गाउँपालीकामा निशुल्क आँखा शिविर हुने

 

 

नन्द बहादुर रोकाया

चैत १० रेडियो मुगु मुगु

मुगु जिल्लाको पश्चिम भेगकमा पर्ने खत्याड गाउँपालीकामा नि शुल्क आँखा शिविर हुने भएको छ । आगामि चैत २३ गते देखि २५ गते सम्म खत्याड गाउँपालीकाको श्री लोक प्रिय

 

उ।मा।वि। गम्थाामा आँखा शिविर हुने भएको हो नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगु र उपशाखा सुकाढीको आयोजनामा तथा हिमालय आँखा अस्पातल पोखाराको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने आयोजक स्रोतले जनाएको छ ।

 

शिविर तीन दिनसम्म सञ्चालन हुने र मोतिया विन्दुको शल्यक्रिृया समेत गरीने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगुका सभापती एवंम केन्द्रीय सदस्य  तिलक बहादुर मल्लले जानकारी दिनुभयो ।

 

मुगु जिल्लाका जनतालाई स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न एवं जिल्लाबाट बाहिर उपचार गर्न जान नसक्नेहरुलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको सभापती मल्लको भनाई छ ।

 

हिमाली आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा मुगुमा २१ बर्षदेखि हरेक बर्ष मोतिया विन्दु शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सञ्चालन हुदै आएको छ ।

 

मोतिबिन्दु सम्बन्धि निशुल्क शल्यक्रिया शिविरमा मुगु जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला र बाजुरा जुम्ला जिल्लाका नजिक आसपासका नागरिकलार्ई उपचारमा सहभागी गराउने लक्ष्य रहेको सभापती मल्लले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु