• सोमबार ३-३२-२०७५/ Monday 16-07-18
  • ०४:४४

ताजा खबर

मुगु तरुण दल राष्ट्रपतीलाई ज्ञापन पत्र बुझायो

समाचार डेस्क/नन्द बहादुर रोकाया ।
गमगढी, मुगु ।
काग्रेसको भातृ संगठन नेपाल तरुण दल मुगुले राष्ट्रपती बिद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । पुर्व देउवा सरकारले राष्ट्रिय सभामा मनोनित गरेका ३ जना सासंदको नाम मनोनित गरेको भएपनी नयाँ सरकारको गठनपछी राष्ट्रपती भण्डारीले उनिहरुको नाम हटाउदैँ नयाँ ३ जना सासंदको मनोनित गरेको भन्दै त्यसको बिरोध स्वरुप ज्ञापन पत्र पेश गरिएको तरुण दल मुगुका अध्यक्ष रमेश मल्लले जानकारी दिए ।

 

बिहिबार जिल्ला प्रशासन कार्यालय मुगु मार्फत राष्ट्रपती भण्डारीलाई ज्ञापन पत्र पेश गरिएको हो । नेपाली जनताको सार्वभौम सत्ता सम्पन्न संविधानको बिद्यमान संबैधानिक निकायको परिधि भित्र रहेर काग्रेसले सांसद मनोनित ग¥र्यो, तर त्यो उल्टाईयो ।’ मल्लले भने । राष्ट्रपतीको सो निर्णय संविधानको धारा ८६ र उपधारा २ को (ख) र संविधानकै उलंघन भएको तरुण दलको दावी पनी छ ।

 

काग्रेस नेतृत्वको  अघिल्लो सरकारले ३ जना सासंद मनोनित गरेको थियो । राष्ट्रपतीले राजनैतिक पुर्वाग्रहका साथ नयाँ नाम सिफारिस गरेको दावी पनी तरुण दलको रहेको छ । तरुण दलले सो निर्णय फिर्ता नलिएसम्म तरुण दलले देशव्यापी आन्दोलन गर्ने तरुणदल सभापती मल्लको दावी पनी छ । 
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु