• बुधबार ३-६-२०७५/ Wednesday 20-06-18
  • ०१:०८

ताजा खबर

मुगुमा २९ जना  किसान लाई बीमा दावी रकम भुक्तानी

पुस २४ रेडियोु मगु गमगढी 
मुगु जिल्लाका २९ जना स्याउ किसानहरुलाई स्याउ खेती बीमा दावी रकम भुक्तानी दिईएको छ् । शिखर ईन्स्योरेन्स मुगुमा  मौसममा आधारित स्याउ खेती बीमा गरेका २९ जना किसानहरुलाई रकम प्रदान गरीएको हो ।

 

मुगु जिल्लामा पहिलो पटक ६५ जनाले स्याउ खेतीको बीमा गरेकोमा ४१ जनाले बीमा दावी गरेका थिए । पहिलो चरणमा २९ जनाले बीमा भुक्तानी चेक पाएका छन् भने १२ जनाको दुई साता पछि भुक्तानी पाउने शिखर ईन्स्योरेन्स मुगुशाखाले जनाएको छ ।

 

 भुक्तानी पाउने किसानहरुले बीमा गरे अनुसार २ हजार ९ सय देखि ८ हजार ७ सय सम्म स्याउ किसानहरुले भुक्तानी पाएका छन् भने जम्मा १ लाख ३१ हजार ७ सय उनन्चालिस रुपैया को बीमा रकम भुक्तानी गरिएको बताईएको छ ।

 

मुगु जिल्लामै पहिलो पटक यसरी कृषि बीमा अन्तरगत स्याउ खेतीको बीमा पाउदा बर्षेनी खडेरी तथा असिना जस्ता प्राकृतिक प्रकोप बाट पिडित किसानहरुलाई साह्रै ठुलो राहत भएको छ छायाँनाथ रारानगरपालीका वडा नं ४ का किसान मणिचन्द्रभामले बताउनुभयो ।

 

उहाँका अनुसार बीमा गर्नकालागि कर्मचारी घरमै  आए पछि खै हेरौ न भनेर थोरै बुटाको बीमा गरीयो आखिर रकम प्राप्त भए पछि सिङ्गै बगैचाको गर्नु पर्ने रै छ भन्दै किसानहरु एका तिर खुसि हुनुका साथै अर्को तिर पछुतोमा समेत परेका भामको भनाई छ  ।

 

यसै बिच मुगुमा शिखर ईन्स्योरेन्सले कृषि बीमा पशु बिमाका साथै घर‚ गोदाम‚ पसल‚ सवारीका साधनहरु समेत बीमा गर्दै आएले बिमा गरी आपनो सम्पितको सुरक्षा गर्न आग्रह गरीरहेको छ ।

 

शिखर ईन्स्योरेन्सले  बिगत एक बर्ष  देखि मुगुमा पनी निजिवन बिमा गदै आएकाले आपनो सम्पतिको सुरक्षका का लागी बिमा आबश्यक भएकाले  शिखर ईन्स्योरेन्स मुगुमा आई बिमा गर्न सकिने   कार्यलय प्रमुख रामलक्ष्मी मल्लको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु