• बुधबार ३-६-२०७५/ Wednesday 20-06-18
  • ०१:०९

ताजा खबर

 मुगुमा जिवन बिमा गर्नेको सख्यामा बृद्धी


पुस २० रेडियो मुग गमगढी

जिल्लामा केही बर्ष यता जीवन बिमागर्नेको संख्यामा वृद्धिभएको छ । बिमाको महत्वबुझे पछि मुगुमा जिविन बिमा गर्ने गर्नेको सख्यामा वृद्धी भएको हो ।जिल्लामा दुइवटा बिमा कम्पनीका उपशाखा एशियन लाइफ इन्सोरेन्स र नेपाल लाइफ इन्सोरेन्स गरी दुई वटा बिमा कम्पनि रहेका छन ।

 

आज सम्म एशियन लाइफ इन्सोरेन्स मा ३ हजार ५ सय जनाले बीमा गरेका छन् । भने नेपाललाइफइन्सोरेन्स शाखामा ४ हजार जनाले जिवन बीमा गरेका छन् । मुगुमा हाल सम्म जीवन बीमागर्नेको संख्या ७ हजार ५ सय पुगेकोछ केहीबर्ष अगाडी सम्म जीवन बीमाको कुनै जानकारी नभएको मुगु जिल्लामा मा अहिले १ लाख देखी ५० लाख सम्म स्थानीयले बीमा गर्नेगरेका छन ।

 

एशियन लाइफइन्सोरेन्स उपशाखाका कम्प्यूटर अर्पेट मुकेश कुमार शाहीका अनुसार मुगुमा जिवन बिमा गर्नै बानीको बिकास बल्ल भएको बताएका छन । दुई चार बर्ष अघि बिमा गर्नुपर्छ भनेर भन्दा पछी हट्ने मुगुका स्थानीय आजभोली खोजि खाजि बिमा कम्पनिमा आई बिमा गर्ने गरेका उहाँको भनाई छ ।

 

यो बर्ष मात्र ५३ लाख बरावरको बीमा गरीएको छ र यस शाखामा बीमा गरेका २५ जनाको दुर्घटनामा परी मृत्यु भएको र सवै बिमीतको रकम शाखाबाट भुक्तानिगरिएको शाहीले जानकारीदिनुभयो ।

 

यता नेपाल लाइफइन्सोरेन्स मुगु शाखा प्रमुख बिर बहादुर बुढाका अनुसार पहिले पहिले कर्मचारी, शिक्षक, ब्यापारी ठेकेदार हुनेखानेले मात्र जीवनबीमा गर्थे भने आजभोली किसान, सर्वसाधारण, ज्याला मज्दुरी गर्ने हरुपनी जीवनबीमा गर्न आउने गरेका बताउनुहुन्छ ।

 

उहाँले यो बर्ष ४८ लाखको बीमा यस शाखामा गरीएको जानकारी समेत दिनुभो । यसैबिच जीबनबीमा गर्दा भविश्यमा फाइदा हुने, बालबच्चाको भविश्यमा सुधार हुने, कुनै दुर्घटना परेपनि घर परिवारले रकम पाउने, बीमाको समय पुगे पछि दोब्बर पैसा पाउने र अरु धेरै फाइदाहुने थाहापाय पछि आफूले दुइ दाजु भाईको एशियन लाइफइन्सोरेनसमा बीमा गरेको छायाँनाथ रारा नगर पालिका ७ का बिष्णु रावलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु