• बुधबार ६-३१-२०७५/ Wednesday 17-10-18
  • ०२:१०

ताजा खबर

सडक निमार्णमा मुगुका महिलाको सक्रिय सहभागीता


नन्द बहादुर रोकाया 
पुस २० रेडियो मुगु गमगमढी
मुगुका महिला सडक निमार्णको काममा सक्रिय सहभागीता का साथ काम गदै आएका छन । गमगढी ग्रिलाह धैनाधुला चौर सडक खण्डको काम अन्तीम हुन लाग्दा सम्म मुगुका महिला सडक निर्माणको काममा सक्रिय सहभागीता जनाई काममा जुटेका हुन ।

 

पहिले महिलाले सडक निर्माण कार्यमा काम गर्नु हुन्न पुरुषले मात्र गर्ने हो हामी सक्दैनौ भनेर पछी हट्ने मुगुका महिला आजभोली दैनिक आठ घण्टाको काममा ब्यस्त देखिन्छन । पहिले पुरुषले पनी महिलालाई सडक निमार्णका जोखिम काम गर्न सक्दैन भनेर हेप्ने गनर्नले पनी महिला पछी हटे्का र आज भोली महिला पनी पुरुष भन्दा के कम छौ भन्दै सडक निमार्ण कार्यममा जुटेका महिलाहरु बताउँछन ।

 

महिलाहरु पुरुष लाई चुनौती दिदै सडक निर्माण कार्यमा आई पर्नै ढुङ्का फोड्ने , बिल्छो लगाउने वाल चिन्ने लगायतका काममा पनी सक्रिय भई लागेको छायाँनाथ रारा नगरपालीका वडा नं ३ की नान्कला खड्काले बताउनुभयो । उहाँले भन्नुभयो सडक निमार्णको काममा जुटिरहेका छौ काममा महिला पुरुष बराबर रेट पाउने भएकाले पनी काम गर्न केही असहजता भए पनि गाह्रो महशुस नभएकोे र बरु काम गर्दा बेग्लै उत्साह आउने गरेको खड्काको बताउनु भयो ।

 

माया देवि खड्का अनुसार आफुले गमगढी ग्रिलाह धैनाधुलाचौर सडक निमार्ण कार्यमा चार बर्ष देखि सक्रिय सहभागीता जनाई काम गदै आएको र ४ लाख सम्म आर्थिक पनी कमाउन सफल भएको भएपनी बिरामी भएर केहि रकम औषधिमुलोमा खर्च गरेको र २ लाख रकम बैकमा जम्मा गरेको बताउनुहुन्छ ।

 

सडक सुचारु नहुदाँ खान लाउन नपुग्ने भएको भएपनी अहिले त्यस्तो समस्या हटे्को उहाँको भनाई छ । ग्रामिण पहुँच कार्यक्रम च्ब्ए घ ले गमगढी ग्रिलाहा सडक खण्डको २० किमी सडक उपभोक्ता समिति माफर्त काम गराउने निर्णय गरे संगै मुगुका बेरोजगार युवा , महिला सबैले काम पाउनुका साथै एकै घरमा चार पाँच लाख सम्म आर्थिक पनी जम्मा गरेको खड्काको बताउनभयो

 

यता ग्रामिण पहुँच कार्यक्रम च्ब्ए घ जिल्ला संयोजक मोहन रुवाईका अनुसार सडक निर्माणमा मानव स्रोतमात्र लगाई जनसहभागिता र आयआर्जनमा वृद्धि गर्ने आयोजनाकोे लक्ष्य रहेको र सडक लाई उपभोक्त समिति मार्फत काम गराईएको बताउनुहुन्छ ।

 

सडक निमार्णको काम अन्तीम चरणमा पुगेकोे र सडक निमार्ण कार्य २०१८ मार्च भित्र सम्म निमार्ण सम्पन्न हुने संयोजक रुवाईलीको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु