• शनिबार ८-२९-२०७५/ Saturday 15-12-18
  • ०४:२०

ताजा खबर

मुगुमा शुसासन सम्बन्धि सडक नाटक प्रर्दशन


नन्द बहादुर रोकाया 
पुस १३ रेडियो मुगु गमगढी
छायाँनाथ रारा नगरपालीकाका बिभिन्न वडामा शुसासन सम्बन्धि सडक नाटक प्रर्दशन गरीएको छ । स्थानिय बासिन्दाहरुलाई शुसान सम्बन्धि जानकारी गराउने उदेश्यका साथ कुरा शुसासनका नामक सडक नाटक प्रर्दशन गरीएको हो ।

 

पुनं निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी मुगु अन्तरगतको जि जि सि परियोजना तथा गर्भरनेन्स फेसिलिटि ,र सेडा नेपालको आर्थिक सहयोगमा सामुदायिक रेडियो मुगु एफ एम १०७.४ मेगाहर्जको सहजिकरणमा नाटक प्रदर्शन गरिएको बताईएको छ ।

 

स्थानिय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका नागरिकहरुलाई नागरिकहरुले प्राप्त गर्ने सेवा सुविधा ,बिकास निमार्ण ,लगायत अधिकारका बिषयमा नाटकमार्फत स्थानियलाई

 

जानकारी गराईएको रेडियो मुगुका समचार प्रमुख एवंम नाटकका निर्देशक नन्द बहादुर रोकायाले बताउनुभयो । नाटक जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका साविकका तिन गाबिस रोवा,रुगा,र पिना मा प्रर्दशन गरीएको थियो ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत