• सोमबार ३-३२-२०७५/ Monday 16-07-18
  • ०४:४६

ताजा खबर

मुगुका महिलामा आङ्ग खस्ने समस्या बिकराल बन्दै

 

 

 

 

 

नन्द बहादुर रोकाया 
पुस १० रेडियो मुगु गमगढी

जिल्लाका महिलाहरुमा पाठेघर खस्ने तथा घर खस्ने तथा आङ्ग खस्ने समस्या बिकराल बन्दै गएको पाईएको छ । गाउँघरमा आङ खस्ने रोग भनेर चिनिने पाठेघर खस्ने समस्याबाट मुगुका महिला दिन प्रतिदिन ग्रसित बन्दै गएको हो । 

 

आङ खस्ने समस्याबाट पिडित मुगुका महिलाहरु खुलेर आफुलाई भएको समस्याका बिषयमा भन्न नसक्ने भएकाले पनी महिलाहरुमा यो समस्या झन समस्याका रुपमा निम्तन थालेको जिल्लामा यहि बिषयमा काम गरिरहेको कर्णाली सामुदायिक बिकास केन्द्रले जनाएको छ । 

 

अहिले सम्ममा जिल्लामा कति महिलाहरुमा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बाट ग्रसित छन भन्ने बिषयमा अहिले गरिएका आकंलनले मात्र स्पष्ट तथ्याकं ल्याउन नसक्नेमा समेत संस्थाले जोड दिएको छ । 

 

सदरमुकाम गमगढीमा आज कर्णाली सामुदायिक बिकास मञ्चको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्लामा रहेका सरोकारवाला निकायहरुले धेरै महिलाहरुलाई पाठेघर खस्ने समस्याबाट पिडित भएको भएपनी उनिहरुले खुलेर भन्न नसकिरहेको र भन्न नचाहाने भएकाले समस्या भएको समेत बताएका छन् । 

 

कार्यक्रममा बोल्दै कर्णाली सामुदायिक बिकास मञ्चका अध्यक्ष राधिका मल्लले संस्थाले जिल्लाको सोरु गाउँपालिकाका तिन वडा नाथर्पु र भिइमा प्रजनन स्वास्थय क्षेत्रमा काम गर्दै आएको र ति वडामा आङ खस्ने समस्याको सर्वेक्षण गरे अनुसार सो क्षेत्रमा ४२ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको बताउनुभयो । 

 

पहिलो चरणका आङ्ग खसेका महिलाहरु ८, द्रोसो चरणका १६ र तेस्रो चरण १८ महिला रहेका छन् । जसमध्येमा रिगं पेसरी राखेका ५ र अप्रेशन गरेका महिलाहरु १०  जना रहेको संस्थाको तथ्याकंमा रहेको छ । आफूहरुले काम गरिरहेका क्षेत्रमा महिलाहरुमा यस्तो बिकराल समस्याका रुपमा देखिएको पाठेघर खस्ने समस्याले डरलाग्दो रुप लिदैँ गईरहेको बताउदैँ अध्यक्ष

 

मल्लले भन्नुभयो ‘हाम्रो क्षेत्रमा त महिलाहरुमा यस्तो समस्या छ भने जिल्ला भर कस्तो होला’ उहाँले थप्नुभयो ‘अब महिला दिदिबहिनीहरुले पनी आफुले लुकाएर राखेको समस्याका बारेमा खुलेर नजिकका मान्छेलाई जानकारी गराउनुपर्छ ।’ यसको न्युनिकरण तथा रोकथामका लागी एउटै निकायको मात्र नभई सबै निकायको समन्वय रहनुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।

 

यसैबिच, जिल्ला समन्वय समिती मुगुकी उप संयोजक कर्णशिला मललले मुगुका महिलाहरुमा अझै पनी सामाजिक सचेतनाको अभाव रहेको तथा घर, परिवार र समाजको पुरात्तानवादी सोचका कारण महिलाहरु यस्तो समस्याको शिकार बनेको बताउनुभयो । 

 

यो समस्या लाई  निराकरण गर्न  जिल्लाका सरोकारवाला निकाय स्वास्थ्यकर्मी र संचारकर्मीहरु सबैले पाठेघर खस्ने समस्या, यसको रोकथाम र न्यूनिकरणका लागि हातेमालो गरि काम गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु