• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०३:५७

४५ जिल्लामा दोस्रो चरणको मतदान जारी (कहाँ के कस्तो जान्नुहोस्)

 

 

समाचार डेस्क
२१ मंसिर/रेडियो मुगुु एफ एम गमगढी: दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत ४५ जिल्लामा बिहीबार आज मतदान जारी छ । अधिकाशं जिल्लामा शान्तिपुर्ण रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेश नम्बर १

प्रदेश नम्बर एकका ७ वटा जिल्लामा आज चुनाव हुँदैछ । यी जिल्लामा २१ वटा निर्वाचन क्षेत्र रहेका छन् । यसअघि सातवटा जिल्लाका सात वटा निर्वाचन क्षेत्रमा चुनाव भैसकेको छ । प्रदेश नम्बर एकका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र रहेका छन् । आज चुनाव हुने मोरङमा ६, झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २र२ क्षेत्र छन् भने धनकुटा र तेह्रथुममा एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर एकका २९ लाख ९३ हजार ७ सय ७४ मतदाता मध्य आज २२ लाख ७४ हजार ५ सय ९८ मतदाताले भोट हाल्दैछन् । आज चुनाव हुने प्रदेश नम्बर एकमा २ हजार ७ सय १८ वटा मतदान केन्द्र रहेका छन् ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ का सबै जिल्लामा आज चुनाव हुँदैछ । यो प्रदेशका ८ जिल्लामा चार चारवटा गरि ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश दुईका कुनैपनि क्षेत्रमा पहिलो चरणमा चुनाव भएको थिएन । प्रदेश नम्बर दुईमा सिरहा, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट जिल्ला पर्छन् । यी जिल्लामा २७ लाख ६७ हजार ३ सय ७५ जना मतदाता रहेका छन् । आठ जिल्लामा ३ हजार ६ सय ७९ मतदान केन्द्र तोकिएको छ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर तीनका सातवटा जिल्लामा आज चुनाव हुँदैछ । १३ जिल्लाका ३३ वटा निर्वाचन क्षेत्र मध्य ६ वटा जिल्लामा पहिलो चरणमा चुनाव भैसकेको छ । आज चुनाव भैरहेका काठमाडौंमा १०, भक्तपुरमा २, ललितपुरमा ३, काभ्रेपलान्चोकमा ३, चितवनमा ३, मकवानपुरमा २ र सिन्धुलीमा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी क्षेत्रमा २० लाख ७३ हजार ३ सय ४४ जना मतदाता रहेका छन् । प्रदेश नम्बर तीनमा ३ हजार ७ सय ८५ मतदान केन्द्र रहेकोमा आज २ हजार ५ सय ३९ वटा मतदान केन्द्रमा चुनाव हुनेछ । अन्य ठाउँमा पहिलो चरणमै चुनाव भैसकेको छ ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर चारका पाँचवटा जिल्लामा आज चुनाव हुँदैछ । ११ जिल्लाका १८ निर्वाचन क्षेत्र मध्य ६ वटा जिल्लामा पहिलो चरणमा चुनाव भएको थियो । आज चुनाव भैरहेका नवलपरासी पूर्वका २, तनहुँका २, काँस्कीका ३, स्याङ्जाका २ र पर्वतमा एउटा निर्वाचन क्षेत्र रहेका छन् । ६ जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भएको थियो । प्रदेश नम्बर चारका १५ लाख ६८ हजार ९ सय २४ जना मतदातामध्य आज चुनाव भैरहेका जिल्लामा १० लाख ५ हजार ९ सय मतदाता रहेका छन् । यी क्षेत्रमा १ हजार २ सय ७४ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ का १० वटा जिल्लामा आज चुनाव हुँदैछ । ५ नम्बर प्रदेशका १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी मध्य रुकुम पूर्व र रोल्पामा पहिलो चरणमा चुनाव भएको थियो । आज चुनाव हुने नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दियामा २४ वटा निर्वाचन क्षेत्र रहेका छन् । यो प्रदेशका २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता मध्य आज चुनाव हुने क्षेत्रमा २५ लाख ८५ हजार ३ सय ७ जना मतदाता रहेका छन् । यो प्रदेशका ३ हजार ३ सय ६८ मतदान केन्द्र मध्य आज चुनाव हुने क्षेत्रमा ३ हजार १ सय ६६ मतदान केन्द्र रहेका छन् ।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ का ५ वटा निर्वाचभन क्षेत्रमा आज चुनाव हुँदैछ । दैलेख र सुर्खेतका दुई दुई तथा सल्यानको एउटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव हुन लागेको हो । प्रदेश नम्बर ६ का १० वटा जिल्लामा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी मध्ये ७ वटा जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भएको छ । यो प्रदेशका ८ लाख ४६ हजार ९ सय ४१ जना मतदाता मध्य दोश्रो चरणमा चुनाव हुने जिल्लामा ४ लाख ७८ हजार ७ सय ३४ जना मतदाता रहेका छन् । १ हजार २ सय ४३ मतदान केन्द्र मध्य दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा ६ सय ३९ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रदेश नम्बर ७

प्रदेश नम्बर ७ का ५ वटा जिल्लामा आज चुनाव हुँदैछ । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी मध्ये एक एक वटा निर्वाचन क्षेत्र रहेका ४ जजिल्लामा पहिलो चरणमा चुनाव भैसको छ । दोश्रो चरणमा चुनाव हुने कैलालीमा ५, कञ्चनपुरमा ३, डडेलधुरा, अछाम र डोटीमा एक एक वटा क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का १४ लाख ३५ हजार ६ सय ७३ मतदाता मध्य १० लाख ५० हजार ७ सय ३२ जना दोश्रो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् । १ हजार ९ सय मतदान केन्द्र रहेको प्रदेश नम्बर ७ मा दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा १ हजार ३ सय २९ वटा मतदान केन्द्र रहेका छन् ।

प्रतिकृया दिनुहोस

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह

इलामको चुलाचुलीमा बाढीले तीन घर बगायो

इलाम, साउन २८ – बाढीले इलामको चुलाचुली गाउँपालिकामा तीन वटा घर बगाएको छ । कमल खोलामा आएको बाढीले चुलाचुली–१ का भीमबहादुर लावती, अनु राई र अर्का एक