• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०४:०५

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क 
२८ साउन रेडियो मुगु एफ (गमगढी)- 
जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका छन् । यार्सापाटन भन्दा मुनी भएर पनी अन्य साना किसिमका जडिबुटी पाईने क्षेत्रहरु साविकको पिना, रोवा, रुगा लगायतका गाविसका लेकाली क्षेत्रहरुमा जडिबुटीको संरक्षणमा स्थानिय बासिन्दाहरु आफैँले ध्यान दिन नसक्दा जडिबुटीहरु कम मात्रामा पाईन थालेको हो ।

साविकको रुगा गाविसको चंखेली क्षेत्र, थार्प गाउँको माथि रहेको जगंल क्षेत्र, रोवा गाविसको सोवा क्षेत्र सहित माथिल्लो क्षेत्र, पिना गाविसका माथील्ला लेक सहित करान, खत्याड र सोरु क्षेत्रमा रहेको बिभिन्न स्थानिय तहहरुका माथिल्ला क्षेत्रहरुमा पाईने जडिबुटीहरु कम हुदैँ गएको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।

बिगतका बर्षहरुमा धेरै मात्रामा पाईने कुट्की, सुगन्धवाल, चिराईतो, गुच्ची च्याउ, सिलाजीत, मासिजडा, भुल्ते, सतुवा लगायतका अन्य किसीमका जडिबुटीहरु पछिल्ला बर्ष तुलानात्मक रुपमा कम पाइन थालेको जिल्ला वन कार्यालयको भनाई समेत रहेको छ । आफ्नो जगंल क्षेत्रमा रहेको महत्वपुर्ण जडिबुटीहरुको संरक्षणमा स्थानिय बासिन्दाहरुले ध्यान दिन नसकेका कारण जडिबुटीहरुको मात्रा कम हुन थालेको जिल्ला वन अधिकृत प्रेम शंकर चौधरीले बताउनुभयो ।

स्थानिय बासिन्दाहरुले मनोमानी गर्ने, संरक्षणमा चासो नदेखाउने र जडिबुटी पुर्ण रुपमा परिपक्व नहुदैँ टिप्ने गरेका कारण जडिबुटी कम हुन थालेको साविकको पिना गाविसमा पर्ने छायाँथ रारा नगरपालिकाको वडा नम्बर ६ का बिरबहादुर ऐडी बताउनुहुन्छ । ‘पहिले पाईने जडिबुटीहरु कुनै–कुनै त पाईनै छोडेका छन्, भने कोही सामान्य मात्रामा अल्लि अलि पाईन्छन्’ उहाँले भन्नु भयो ‘हामी स्थानिय बासिन्दाले पनी त्यसको संरक्षणमा ध्यान दिन सकिरहेका छैनौँ, पछि त्यही सिकेर अहिले वन संरक्षण गर्न समुहहरु पनी बनाएका छौँ ।’

जडिबुटी छिप्पीएर मात्र टिप्दिए पनी जडिबुटीको संरक्षणमा धेरै सहयोग पुग्ने समेत उहाँको भनाई रहेको छ । आफुहरुको क्षेत्रमा पनी पहिलेको भन्दा अहिले जडिबुटी कम हुदैँ गएको पाईएकाले आफुहरु अब त्यसको संरक्षण पनी कसरी गर्ने भनेर लागी परेको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १४ का वडा अध्यक्ष नन्दलाल बडुवाल समेत जानकारी गराउनुभएको छ । 

प्रतिकृया दिनुहोस

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

मुगुमा काचोँ स्याउ बेच्ने क्रम बढ्दो 

नन्द बहादुर रोकायाः २८ साउन, रेडियो मुगु (गमगढी) मुगु सदरमुकाम गमगढी काँचो स्याउ बिक्री गर्ने गरेका छन । स्याउ पछी कुहिनेर न बिक्रि नहुने भन्दै