• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०३:५३

हुम्लामा लाखौंका बीउ भण्डारण भवन अलपत्र 

कार्तिक २२ रेडियो मुगु गमगढी
पाँच वर्ष अगाडि लाखौं लगानी गरेर निर्माण गरिएका चार वटा भवन अलपत्र परेका छन् । समुुदायले जिल्लाका दुुई स्थानमा भवन निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म जिल्ला कृषि विकास कार्यालयले बीउ वीजन भण्डारण सम्बन्धि कुुनै सहयोग नहुुँदा ती भवन हाल बेवारिसे अवस्थामा रहेका हुुन् ।

 

खार्पुुनाथ गाउँपालिका कुरिल्लामा कृृषि विभागले जिल्ला कृषि विकास मन्त्रालय मार्फत ८० प्रतिशित अनुुदान र २० प्रतिशत जनश्रमदानमा ४२ लाख १० हजार नौ सय १२ रुपैयाँ लागतमा निर्माण भएको भवनमा वीउ उत्पादन, भण्डारण तथा स्टोरका लागि कुुनै अन्य सहयोग नआउँदा वनेको भवन हाल जिर्ण वन्ने अवस्थामा रहेको किसान प्रकाश शाहीले बताउनुु भयो ।

 

सामुदायिक वीउ विजन कार्यक्रमको नामवाट साविकको खार्पुुनाथ गाँउ विकास समितिको कैलाश वीउ उत्पादन समुुहले आर्थिक वर्ष ०६९÷०७० मा निर्माण कार्य गरेको भए पनि त्यसपछि त्यो कार्यक्रमवाट कुुनै कृयाकलापहरु संचालन नहुुँदा भवन अलपत्र रुपमा परेको किसानहरुले बताए ।

 

दुुई वटा भवनमा चार वटा कोठा भएको र जसमा वीउ प्रशाधन, वीउ गोदाम, वीउ सुुकाउने गरि कोठाको डिजाईन गरिएको भए पनि त्यसमा हालसम्म वीउ विजन सम्वन्धि कुुनै कुरा हुुन नसकेको भवन निर्माण कार्यमा खटिएका सव इन्जिनीयर दिनेश वोहोराले वताउनुु भयो ।

 

त्यस्तै भवन साविकको साँया गाविसमा पनि ४० लाख ९३ हजार मा लालि गुुराँस कृषक समुुहले पनि भवन निर्माण गरे पनि त्यसको पनि सदुुपयोग हुन सकेको छैन । यस सम्वन्धिमा जिल्ल कृषि विकास कार्यालयलाई जानकारी लिन खोज्दा केन्द्रको कार्यक्रम भएको र त्यस सम्वन्धमा जानकारी कार्यालयलाई नभएको जवाफ पाईने गरेको छ । 
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत