• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०३:५९

मुगुमा माओवादी सहित अरु कसले फिर्ता लिए उम्मेद्धवारी ? (नामावली सहित)

 

श्याम बिसी
रेडियो मुगु एफ एम (गमगढी) 
कार्तिक ०८- 
गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गराएको माओवादी केन्द्रले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको छ । बुधबार १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर बाम गठबन्धनविपरीत प्रदेशसभा र प्रतिनिधिसभाको लागि मनोनयन गराएको उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ । 

 

माओवादीका तर्फबाट प्रतिनिधी सभाका लागी उम्मेद्धवार सुर बहादुर बुढा, प्रदेश सभाका लागी क्षेत्र नम्बर २ बाट मंगल बहादुर शाही र क्षेत्र १ बाट सन्तोष मल्लले स्वतन्त्र उम्मेद्धवारी दर्ता गराएका थिए । पार्टी केन्द्रीय समितिले ५ वर्षसम्म कारबाही गर्ने चेतावनीपछि उम्मेदवारी फिर्ता लिएको पार्टि श्रोतले जनाएको छ । अब बाम गठबन्धन कार्यदलले गरेको निर्णयअनुसार माओवादीले सूर्य चिन्हमा मतदान गर्नेछ । 

 

पार्टीले हामी मुगुका माओवादीलाई अवहेलना गरेको भन्दै आफुहरुले मनोनयन दर्ता गराएको माओवादी श्रोतले जनाएको थियो । बाम गठबन्धनले गर्दा ठूलो पार्टी कांग्रेसलाई असर पर्ने सक्ने अनुमान गरिएको छ । यता, उम्मेद्धवारी मनोनयन दर्ता फिर्ता लिन आज अन्तिम दिन प्रतिनिधी सभाका लागी माओवादीका सुरबहादुर बुढा सहित राष्ट्रिय जनता पार्टि (प्रजातान्त्रिक) का राजबहादुर शाही, जन समाजबादी पार्टि नेपालका हस्तबिर दमाई, राष्ट्रिय जनमोर्चाका जयबहादुर खड्का, स्वतन्त्र उम्मेद्धवारी दिएका कार्मा नोर्बेल लामा र बलचन्द्र कामीले पनी प्रतिनिधी सभाका दर्ता गराएको मनोनयन फिर्ता लिएका छन् । 

 

यता प्रदेश सभा तर्फ क्षेत्र नम्बर ०१ बाट माओवादीका शन्तोष मल्ल सहित राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) का मृग बोहोरा र नेपाल कम्युनिष्ट पार्टि मालेका पुर्ण बहादुर बुढाले उम्मेद्धवारी फिर्ता लिएका छन् भने क्षेत्र नम्बर ०२ बाट मनोनयन दर्ता गराएका माओवादीका मगंल बहादुर शाही सहित राष्ट्रिय प्रजातन्त्र पार्टि पजातान्त्रिक) का जनक बहादुर शाहीले उम्मेद्धवारी फिर्ता लिएका हुन् । माओवादीले पनी अब सुर्यमा भोट हाल्ने बिषयले काग्रेसलाई कस्तो प्रभाव पर्छ ? यहि बिषयमा आज साझँ साढे ६ बजेको समाचारमा प्रदेश सभाका लागी क्षेत्र नम्बर १ का काग्रेस उम्मेद्धवारी तिलक बहादुर मल्ल सगँको कुराकानी प्रसारण हुनेछ ।

 

नामावलीको पुरा बिवरण तालिका हेर्न तल लेखिएका लिकंमा क्लिक गर्नुहोस् ।
प्रतिनिधी सभा
प्रदेश सभा क्षेत्र (क)
प्रदेश सभा क्षेत्र (ख)

 

 

जानकारीः रेडियो मुगु एफ एमलाई ट्विटरमा यहाँ र फेसबुकमा यहाँबाट फ्लो गरि हामीसगँ जोडिन सक्नुहुन्छ ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु