• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०३:५४

वाम गठबन्धन तोड्दै मुगु माओवादी केन्द्रले दियो स्वतन्त्र उम्मेदारी 


कार्तिक ५ रेडियो मुगु गमगढी
केन्द्रमा वाम गठबन्धन भईरहेका बेला मुगु माओवादी केन्द्रले वाम गठबन्धन तोड्दै स्वतन्त्र उम्मेदारी दिईएको छ । केन्द्रमा एमाले र माओवादी विच चुनावी तालमेल भएपनि मुगुमा माओवादी केन्द त्यसको विरोध गदै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको हो ।

 

बाम गठवन्धनले आगामी मंसिर १० गते हुन गैरहेको पहिलो चरणको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी ३२ जिल्लाहरुका उम्मेदार चयन गर्दा मुगु जिल्लाको माओवादी संगठनलाई वेवास्ता गरि पुरै जिल्ला एमालेलाई भाग पारेपछि केन्द्रका स्थानिय कार्यकर्ताहरु रुष्ठ भएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।

 

माओवादी केन्द्रले एमालेसंग मुगु जिल्लाको प्रदेशमा क्षेत्र नं २ वा प्रतिनिधी सभा मध्य एक निर्वाचन क्षेत्र माओवादीलाई छाडन पटक पटक आग्रह गर्दा पनि गठबन्धनको निर्णय भन्दै मुगुमा माओवादी केन्द्रको अस्तित्व मेटाउने काम भएकाले जिल्ला संगठनको शनिबारको सर्वसम्मत भएको निर्णय बमोजिम आज उम्मेदवारी दिएको माओवादी केन्द्रले जनाएको छ ।

 

बामगठबन्धनले मुगु जिल्लामा माओवादीलाई उम्मेदवारी नदिएपछि स्वतन्त्र रुपमा आफना उम्मेदवारहरु प्रतिसप्रधामा जिल्ला कमिटीले निर्णय गरेर उत्तारेको हो । केन्द्रका अनुसार मुगु जिल्लाबाट प्रतिनिधी सभामा सुर बहादुर बुढा प्रदेश सभामा क्षेत्र नं १ बाट सन्तोस मल्ल र क्षेत्र नं २ मा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य मंगल बहादुर शाहीलाई स्वतन्त्र रुपमा उम्मेदवार बनाएको छ ।

 

बाम गठबन्धन कै अर्का घटक राष्टिय जनमार्चाले पनि मुगुबाट प्रतिनिधी सभामा जय बहादुर खड्का लाई उम्मेदवारी दर्ता गराएको छ ।लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपा (प्रजातान्त्रिक) ले पनि मुगुमा आफना उम्मेदवार उठाएको छ । उसले प्रतिनिधी सभामा राज बहादुर मल्ल प्रदेशमा १ मा मग बोहोरा र प्रदेश २ मा जनक बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन ।

 

अर्को लोकतान्त्रिक घटक राप्रपाले भने उम्मेदवारी दर्ता गराएन ।नयाँ शक्ति नेपालबाट प्रतिनिधी सभामा राज बहादुर भाम प्रदेश क्षेत्र १ मा सुरेश विक र प्रदेश २ सुरविर शाहीले उम्मेदवारी दर्ता गरेका छन भने माले र जनसमाजबादी पाटीले संयुक्त रुपमा प्रतिनिधी सभामा हस्तविर नेपाली र प्रदेश क्षेत्र २ मा धना टमटालाई उम्मेदवार बनाएको छ ।

 

आज उम्मेदवारी दिने व्यक्तिहरुमा टमटा एक मात्र महिला उम्मेदवार हुन ।स्वतन्त्र उम्मेदवारका रुपमा एमालेका जिल्ला सल्लाहकार समितीका सदस्य कार्मा नोर्वेल लामा र भातृ संगठन दलित मुक्ति मार्चा पुर्व अध्यक्ष बलचन्द्र कामीले प्रतिनिधी सभा सदस्यका लागी उम्मेदवारी दिएका छन उनीहरुले पाटीका लागी योगदान गरेपनि जुनियर कार्यकर्तालाई टिकट दिएर आफुहरुलाई पाखा लगाउने काम एमालेले गरेकाले उम्मेदवारी दिएको बताएका छन ।

 

यस्तै नेपाली काँगे्रस जिल्ला कार्य समिती सदस्य सिंग बहादुर मल्लले पनि स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेश सभा सदस्य क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन ।बाजा गाजा र झाकी सहित नारा लगाउदै काँगे्रस,एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका थिए । नेपाली काँगे्रसबाट प्रतिनिधी सभामा पुर्व मन्त्री हस्त बहादुर मल्ल,प्रदेश सभामा प्रदेश क्षेत्र नं १ मा तिलक बहादुर

मल्ल र क्षेत्र २ मा पाटी सभापती खड्ग शाहीले उम्मेदवारी दर्ता गरेका छन भने एमालेबाट प्रतिनिधी सभामा पुर्व पाटी अध्यक्ष गोपाल बम, प्रदेश सभमा सदस्यका लागी क्षेत्र नं १ मा दानसिं नेपाली र क्षेत्र नं २ मा चन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले बताउनु भयो ।

साँझ ५ बजेसम्म भएको उम्मेदवारी दर्तामा मुगुबाट प्रतिनिधी सभामा ९ जना,प्रदेश सभा सदस्यका लागी क्षेत्र नं १ मा ६ जना क्षेत्र नं २ लागी ६ जना गरि कुल २१ जनाले प्रतिनिधी सभा र प्रदेश सभाका लागी आज उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत