• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०४:००

कांग्रेसले सात जिल्लाका उम्मेदवार टुंग्यायो, कुन जिल्लामा कसले पाए टिकट ?

 

रेडियो मुगु एफ एम (गमगढी)
समाचार डेस्क 
कार्तिक ०१-
नेपाली कांग्रेस संसदीय समितिको बैठकले सातवटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको चुनावमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो । 

 

बैठकले ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा प्रदेशसभाका लागि लीलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेन्दाङ (ख), पाँचथर जिल्लामा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल (ख) हुनुहुन्छ ।

 

यसैगरी सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की (क) र आङगेलु शेर्पा (ख), खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क) र विष्णुकुमार राई (ख) एवं मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख) हुनुहुन्छ ।

 

त्यस्तै हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क) र जीवनबहादुर शाही (ख) र जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क) र दीपकजंग शाह (ख) उम्मेदवार छनौट हुनुभएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । रासस

प्रतिकृया दिनुहोस

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह

बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी) केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह

इलामको चुलाचुलीमा बाढीले तीन घर बगायो

इलाम, साउन २८ – बाढीले इलामको चुलाचुली गाउँपालिकामा तीन वटा घर बगाएको छ । कमल खोलामा आएको बाढीले चुलाचुली–१ का भीमबहादुर लावती, अनु राई र अर्का एक