• बुधबार ६-३१-२०७५/ Wednesday 17-10-18
  • ०३:४२

ताजा खबर

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी होटल व्यवसायीलाई समस्या

टेकशाही/साउन २८, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या घटेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारि दिएको छ । 

 

यस बर्ष शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ५ सय ७३ जना पर्यटक मात्र आएका रेञ्जर सञ्जय कुमार चौधरिले जानकारि दिए । उनका अनुसार महिला २ सय १४ जना र पूरुष ३ सय २१ जना रहेका बताए । जस मध्य सार्क मुलुकका १४ जना र अन्य देशका ५ सय २३ जना रहनुका साथै अघिल्लो बर्ष १ हजार ६ सय भन्दा धेरै पर्यटक भित्रिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । 

 

राष्ट्रिय राजमार्गले नछोएको र पर्यटन आउने सिजनमा हवाइ यातायातको बाटो यस बर्ष बन्द भएपछि पर्यटक घटेको पर्यटन ब्यावसायि सिजी ट्रेकिङ्गका प्रोप्राइटर जितेन्द्र झाँक्रीले बताए । उनका अनुसार जहाजको सुबिधा नभएको र पर्यटकले माथिल्लो डोल्पाको लागि महगो हेलिकप्टर भाडा तिर्न कठिन मान्ने भएको कारण पनि पर्यटक घटेको बताए ।

अघिल्ला बर्षमा पर्यटक हजारौको साख्यामा आउनाले होटेल ब्यावसाय पनि राम्रै चलेको र यस बर्ष पर्यटकहरु घटेपछि ब्यावसायपनि सँकटमा परेको होटेल ब्लूसिपका मालिक चाँद हमालले बताए । हरेक दिनपाल टाँग्नको लागि क्यमपसाइड ब्यवस्था गर्न कठिन हुन्थ्यो यो बर्ष बाटो नै हेर्नु पर्ने अबस्था छ सबै होटेल ब्यावसायिलाइ सँकट बनायो पर्यटनले चाँदले भने । 

 

डोल्पामापर्यटक माथिल्लो डोल्पामा भ्रमण गर्नको लागिआउने गर्दछन । सार्क मुलुककापर्यटकको लागिप्रतिब्यक्ति १६ सय डलर अन्य देशकालागि १३ सय डलर पर्यटन शुल्क लाग्ने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक सँरक्षण अधिकृत प्रकाश उप्रेतिले जानकारि दिए ।  माथिल्लो डोल्पामा रहेको बशुचर्चित शे–गुम्बा, नेपालकै गहिरो शे–फोक्सुण्डो ताल, सुलिगार्ड झरणा,माथिल्लो रहन सहन भेष भुषाअबलोकन र अन्य प्राकृतिक मनोरम अबलोकनको लागिआउने गरेको स्थानिय आङ्ग बहादुर लामाले बताए ।

 

पर्यटकहरु जति धेरै आउछन त्यतिधेरै सबै ब्यावसायिको आयस्तर बढ्छ पर्यटन ब्यावसायि हिमबहादुर थापाले बताए । उनका अनुसार पर्यटकिय पदमार्गमा रहेका चिया पसलदेखि स्थानिय हस्तकलाका सामाग्रि उत्पादनगर्ने ब्यावसायिको समेत आम्दानी रोकिएको बताए ।

पर्यटक जुम्ला, डोल्पाहुदै मुस्ताङ्ग र बाग्लुङ्गहुदै पोखरा पदमार्ग पदयात्रागर्ने गर्दछन । यस बर्ष पर्यटक केहि पैदलमार्ग भएर आएका छन भने कोही हेलिकप्टर चार्टर गरेर आउने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डले जानकारि दिएको छ । पर्यटक डोल्पा नआउनु हवाइ तथा पैदल यातायात मूख्य समास्या हो भने सञ्चार र सुरक्षा चुनौति जटिल अर्को कारण भएको डोल्पा उद्योग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले बताए । 

 

उनले भने माथिल्लो डोल्पा भौगोलिक रुपमा ठुलो भएको र सञ्चारको पहुचनभएको कारण पनि सञ्चार सुरक्षा दुवै हिसावले पर्यटकलाइ सहजता छैन । माथिल्लो डोल्पाका ३ वटै गाँउपालिकामा सञ्चारका कुनैपनि माध्याम छैनन । हरेक बर्ष माथिल्लो डोल्पामा सुरक्षा र सञ्चार अभाबकै कारण लाखौको लुटपाट हुने गर्दछ । 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

साविकको रुगा गाविसमा कामदारले ज्याला पाएनन् 

  श्याम बिसी  २८ साउन/रेडियो मुगु (गमगढी): साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति मुगु अन्र्तगत जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्र्तगत

मुगुमा चालु आर्थिक बर्षमा स्याउको उत्पादन बढ्ने 

  सुमन मल्ल  २८ साउन/गमगढीः आर्थिक वर्ष २०७३/०७४ भन्दा २०७४/०७५ मा मुगु जिल्लामा स्याउको उत्पादन बढ्ने देखिएको जिल्ला कृषि विकास कार्यालयले