• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०३:५८

वाम एकताः रहर कि बाध्यता ?

 

        पुष्पराज आचार्य
यो वर्षको दशंैले आश्चर्यजनक राजनैतिक परिणाम सुनायो । असम्भव मानिएको दुई ठूला कम्युनिष्ट दलको एकता प्रयासले देशको राजनीतिमा नया तरङ्ग सिर्जना ग¥यो । इतिहासमै जटिल र चरम विवादमा पुगेका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच असोज १७ मा सम्पन्न सम्झौतासँगै देशको राजनैतिक धु्रवीकरण नयाँ मार्गमा पुग्यो । एमालेलाई कम्युनिष्ट नै नमान्ने माओवादी र माओवादीलाई अर्धकांग्रेस र उग्रवामपन्थी पार्टी भन्ने एमाले एकाएक कसरी मिले ? त्यति मात्रै होइन १० वर्से जनयुद्धलाई १० वर्षमै छिन्नभिन्न बनाएको आरोप लगाउँदै पुष्पकलम दाहाल नेतृत्वको माओवादी केन्द्रलाई छोडेर नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराई पनि सँगै मिसिन आइपुगे । यो कसरी सम्भव भयो ? धेरैले आश्चर्य माने । मानिरहेका छन् ।

 

युगौंदेखिको वाम पार्टी एक बनाउने सपना धेरैले देखे । विभिन्न चरणमा विभिन्न प्रयासहरू पनि नभएका होइनन् । अरुलाई विदेशी दलाल र भारतका गुलामी भन्दै कयौं चोटी टुक्राटुक्रा हुने कम्युनिष्ट पार्टी मिलेर मुलुक चलाउन सक्लान र ? कतिपयले यो प्रश्न पनि गरिरहेकै छन् । सत्ताको लागि राजाबादी पार्टीलाई समेत नेता मानेको एमाले र सत्ताकै लागि शेरबहादुर देउवालाई बोकेको माओबादी एकै ठाउँमा आउनु र पार्टी एकीकरणको दिसामा अघि बढ्नु सामान्य घटनाक्रम थिएन ।

 

मधेसी दलको भोट बटुल्न भारतीय एजेन्टहरूको चाहना बमोजिम संविधान संशोधन गर्न लागेको माओवादी र पार्टी सकिय पनि संशोधन हुन नदिने एमालेबीच चिसिएको सम्बन्ध प्रचण्ड पुत्री जिताउनै पर्ने बाध्यताले झन् चिसियो । तर असोज १७ को तीन पार्टीबीचको सम्झौताले फेरि नयाँ सम्भावनाको ढोका खोलेको छ ।

 

पहिलो पार्टी भए पनि सरकार बनाउन नसकिने निश्कर्ष एमालेले निकाल्यो र माओवादीले प्रदेश र संघको निर्वाचनमा कम सीट जित्ने आंकलन ग¥यो । एउटा कारण यो पनि हो तर बाध्यता यो मात्र होइन । कम्युनिष्ट शासन भएको चीन र उत्तर कोरियासमेत दुई ठूला पार्टीको एकीकरण गर्न लागि परेकै हुन् । नेपालका सन्दर्भमा पनि सच्चा बामपन्थी नेताहरू सधैं बाम एकताको पक्षमा थिए । यी दुई पार्टीको चुनावी तालमेलबाट प्रत्यक्ष रूपमा माओवादीलाई फाइदा देखिए पनि राजनीतिक रूपमा एमालेले जितेको महसुस गर्नेछ । स्थायित्व र समाजवाद स्थापनाको लागि बाम एकता अपरिहार्य विषय हो ।

 

दुई बाम पार्टीको चुनावी तालमेल सोचे जस्तो सहज भने अवश्य छैन । पदको पहाड सिर्जना गरेर नेता थामेको माओवादी केन्द्र र गुटबन्दीको चरम सिकारमा फसेको एमालेलाई मिलाएर एक पार्टी बनाउनु भनेको फलामको चिउरा चपाउनु जस्तै हो ।
वाम एकताको विषय आकस्मिक मानिए पनि सान्दर्भिक र स्वभाविक थियो । वाम एकता विना मुलुकको आमूल परिवर्तन र स्थायित्व असम्भव छ । अझै क्रान्तिकारी चरित्रका साना बाम पार्टीलाई समेत एकतामा ल्याउनु आवश्यक देखिन्छ ।

 

माओवादीभित्र वैचारिक विचलनले पार्टी टुक्रा–टुक्रा भएको छ भने एमालेभित्र गुटबन्दीको धमिरा लागेको छ । यी दुई ठूला दल चुनावी परिणामका लागि मिलेका हुन् भने आफ्नो खाल्डो खनेका हुन् । नत्र समाजवादको मार्गबाट साम्यवादसम्म पुग्न वाम एकता जरुरी छ । तत्कालका लागि चुनावी तालमेल र दीर्घकालीन रूपमा पार्टी एकताको अभ्यासमा अघि बढिसकेपछि अब नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्टहरू बढी महŒवाकांक्षी हुन्छन् र छिटो टुक्रिन्छन् भन्ने विगतको तथ्यलाई गलत सावित गर्न सक्नुपर्दछ ।

 

जनयुद्धको आगो सल्काएर उदायको माओवादी र भारतविरुद्ध प्रष्ट विचार बोकेर फष्टाएको एमाले एक हुनु सहज छैन । विगत द्वन्द्वका आला घाउहरूमा विकास र समृद्धिको मलम लाउनु छ । नेताहरूले विकराल बनाएको जनताको सम्बन्ध सुधार गर्नुछ । विना योग्यता पार्टी ठूलो बनाउन खरिद गरेका नेताहरूको व्यवस्थापन गर्नुछ । सिद्धान्त भुलेका र च्याऊ उम्रेझै उम्रेका कार्यकर्ताको व्यवस्थापन सहज छैन । बाम एकताको भजन गाउन सजिलो भए पनि कार्यान्वन सहज देखिदैंन । पदमुखी नेता र अवसरमुखी कार्यकर्ताको मन बुझाउन निकै जटिल छ ।

 

एकाएक मिलेका दुई बाम पार्टीको मन र मुटु मिलाउने विषय जटिल छ । यी दुई पार्टीको सतहमा पुगेको तिक्तता सजिलै मेटिदैंन । दुई पार्टीको एकीकरणबाट मुलुकभित्र र बाहिर ठूलो षड्यन्त्र र आलोचना भएको देखिन्छ । नेपालका दक्षिणपन्थी दलहरू हडबडाएका छन् भने कतिपय अवसरमुखी कार्यकर्ताहरू आक्रोसित समेत बनेका छन् । माओवादी कार्यकताहरूलाई पार्टी र सहिदका सपना समाप्त हुने चिन्ता प्रवल छ भने एमालेका कार्यकर्ता पनि प्रचण्डले धोका दिनसक्ने र लोकप्रिय बन्दै गएको पार्टी धरासयी हुने पिरमा पिरोलिएका देखिन्छन् ।

 

जे होस् वाम एकता युगको आवश्यकता हो । यो कसैको व्यक्तिगत रहरले उत्पन्न परिस्थिति नभै दुवै दलको वाध्यता हो । जनताको दबाब र नेपाली राजनीतिले सिकाएको सकारात्मक पाठ हो ।

प्रतिकृया दिनुहोस

दोक्लाम प्रकरणः भारत र चीनवीच युद्धको सन्त्रास

भारतीय सेनाको ‘कप्र्स्-३३’लाई सीमातर्फ खटाइएको छ । चीनतर्फ करिब एक बटालियन बराबरको सैनिक टोली दोक्लामबाट एक किमी टाढा तैनाथ छ । र, तिब्बतमा

लोर्काको रक्तगाथा

उदय प्रकाश जति–जति बेला रचना र कर्मका बीच रहेको मतभिन्नता पुर्ने प्रश्न उठ्नेछ, त्यति त्यति बेला फ्रेडेरिको गार्सिया लोर्का (Federico Garcia Lorca) को नाम आफै

विराटनगरमा त जहाजै डुब्न लाग्यो, तराईलाई तागत देउ सरकार

मिलन तिमिल्सिना- साउन महिना सकिनै लागेको बेला मनसुन सक्रिय भएपछि देशभर बाढी पहिरोले बितण्डा मच्चाएको छ । तराईका धेरैजसो ठाउँ जलमग्न भएका छन् । झापा,