• मंगलबार ९-४-२०७४/ Tuesday 19-12-17
  • ०३:५४

वर्षमा चार अर्बको फर्निचर कारोबार

२८ साउन, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले स्वदेशी फर्निचर उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ ३ देखि ७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा फर्निचर प्रदर्शन गर्ने भएको छ ।

‘जेन फ्लोरिङ प्रिजेन्ट फर्निसिङ’ नाम दिइने उक्त प्रदर्शनीमा ४७ ठूला उद्योगका बिक्री कक्ष तथा १९ साना कक्ष राखिने छ । पाँच वर्षदेखि वर्षमा एक पटक फर्निचर प्रदर्शनी गरिँदै आएको छ । दैनिक जीवनमा उपभोग हुने काठ तथा काष्ठजन्य विभिन्न सामग्रीबाट बनेका आकर्षक दराज, टेबल, कुर्सी, पलङलगायत फर्निचर प्रदर्शन तथा बिक्री गरिने छ ।

शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश अग्रवालले फर्निचरका क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै त्यस क्षेत्रमा क्रियाशील उद्यमी तथा उपभोक्तालाई एउटै थलामा ल्याएर अन्तरक्रिया गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको जानकारी दिए ।

मुलुकलाई आवश्यक पर्ने फर्निचर स्वदेशमा उत्पादन गरी आत्मनिर्भर बनाउन सकिने बताउँदै उनले मुलुकमा वन संरक्षण तथा काठ उत्पादनको प्रष्ट नीति भएमा उद्योगले ठूलो रोजगारी सिर्जना गर्ने बताए । काठमाडौँ उपत्यकामा मात्र वर्षेनी करिब  चार अर्बको फर्निचर कारोबार हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

धितोपत्र बजार : झण्डै चार अर्बको कारोबार

काठमाडौं, साउृन २८ – धितोपत्र बजारमा यस साता तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १

बिमस्टेक सदस्य राष्ट्रबिच खुला व्यापार सम्झौता गर्ने सहमति

काठमाडौं, साउन २८ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रबिच खुला व्यापार प्रवर्द्धन गर्न

यसकारण लिनुस् नेपालमै उच्चशिक्षा, विदेश मोहले के बेफाइदा ?

२८ साउन, काठमाडौं । यतिबेला विदेशी शिक्षा र विदेशी डिग्रीप्रति नेपाली युवाहरुको जर्वजस्त आर्कषण देखिन्छ । शैक्षिक योग्यता र गच्छेले भ्याएसम्म