• आइतबार १०-६-२०७५/ Sunday 20-01-19
  • ०५:०७

ताजा खबर

जात्राका कारण मुगुमा रौनकता

 

नन्द बहादुर रोकाया
२८ साउन रेडियो मुगु एफ (गमगढी)
मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु सदरमुकाम गमगढीमा दिनानुदिन रौनकता छाउँदै गहेको छ । 

जात्रा हेर्न स्थानीय गाउँ गाउँ बाट आउने गरेका छन भने टाडा टाढा का स्थानीय जात्रा हेर्नकैलागी सदरमुकाम गमगढीमा डेरा गरेर भएपनी बस्न थालेका छन । जात्रा सारै मन पर्ने र जात्रा हेर्नकै लागी दुई दिनको पैदल यात्रा गरेर भएपनी गमगढी आईपुगेको सोरु गाउँपालीकाक स्थानीय पदम बहादुर शाहीले बताउनुभयो । 

मुगुमा जात्रा २०६९ सालबाट मनाउन शुरु गरीएको भएपनी गहेका दुई बर्ष भने विविध कारणबसले जात्रा बन्द भएको र यो सालबाट पुन सुचारु गरीएको जात्रा समितिका अध्यक्ष सिङ बहादुर मल्लले बताउनु भयो । 

जात्रा मुगु भन्दा पहिला यो पर्व जुम्लामा मनाउने गरेका र पछी जुम्लाकै साथिको सहगोगमा मुगुमा पनी मनाउन थालिएको अध्यक्ष मल्लको भनाई छ । जात्रा नेवार समुदायको मुख्य पर्व भएपनी पछील्ला बर्षहरुमा यो पर्व सबै जातजातीले मनाउने गरेका पाईन्छन । 

जात्राकै अवसरमा २४ गते गाई जात्रा २५ गते रोपाई जात्रा २६ गते पल्टन जात्रा तथा आज बाघ भालु जात्रा गरिएको छ भने ३० गते रात्ती १२ बजे कृष्ण जन्माउने र ३१ गते लाख्या काट्ी विविध कार्यक्रम गरी जात्रा गरीने जात्रा ब्याबस्थापन समिति मुगुले जनाएको छ । काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको अकल्पनीय मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै हाम्रामात्र होइन, अरुका सन्तानको पनि मृत्यु हुने गर्छ भन्ने सन्देश दिन राजाले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन उर्दी दिएपछि यहि कुराले पछि आएर गाईजात्राको स्वरुप लिएको जानकारहरुको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

जिल्लामा पाईने प्रचलित साना जडिबुटी लोप हुदै

समाचार डेस्क  २८ साउन रेडियो मुगु एफ (गमगढी)- जडिबुटीका लागी प्रचलित जिल्लाका बिभिन्न क्षेत्रहरुमा साना किसिमका जडिबुटीहरु लोप हुदैँ जान थालेका

जात्राका कारण मुगुमा रौनकता

  नन्द बहादुर रोकाया २८ साउन रेडियो मुगु एफ (गमगढी) मुगुमा यति बेला जात्राका कारण रौनकता छाएको छ । २४ गते गाईजात्रा गरी शुरु भएको जात्राले मुगु

मुगुमा काचोँ स्याउ बेच्ने क्रम बढ्दो 

नन्द बहादुर रोकायाः २८ साउन, रेडियो मुगु (गमगढी) मुगु सदरमुकाम गमगढी काँचो स्याउ बिक्री गर्ने गरेका छन । स्याउ पछी कुहिनेर न बिक्रि नहुने भन्दै